~माइकल रोथेनबर्ग~
अनु : केशव सिग्देल
मैले अन्तिम ठूलो हात्ती
भूईंमा लडेको देखेँ
शिकारीहरुले त्यसका दाह्राहरु लगे
महाकाव्यजस्ता सम्झनाहरु उतै विर्सिए
फिनिक्स, एरिजोनामा
मैले अमेजनको चराको
प्वाँखले बनेको टोप देखेँ
जब सुन्दरता एउटा कानेखुशीमा विलिन भयो
सामान्य संसारका पिडितहरु
डेमिङ्ग, नयाँ मेक्सिकोमा
मलाई लाग्यो मैले कुनै बालक चिच्याएको सुनेँ
मैले चिनेको बालक। ब्युँझेर झस्कियो
कालो र निलो रातको मध्यमा
न्यायको घट्दै गएको आवाज
ब्लिथ, क्यालिफोर्नियामा
गन्तब्य फ्लोरिडा
मैले राजमार्गहरु युद्धका नामबाट राखिएको देखेँ
र मरेका नायकहरुको नाममा पनि। क्रसहरु
सडकका छेउहरुमा
अमेरिका भरि नै छन्
कजवेहरु उक्लिन्छन र ओर्लन्छन्
सर्वनाश तिर।
(स्रोत : Nepalikalasahitya)