गीत : तिमीलाई भनी रोपेको

~राज थापा~Raj Thapa

तिमीलाई भनी रोपेको यो गुलाबको फूल
फुल्न त फुल्यो बोटमै सुक्यो तिमी नभएर !

यो वर्ष प्रणय दिवस् गयो हाम्रो भेटै नभएर
भेट त हुनथ्यो कुनी के भयो मनै नभएर !

सकिन मैले फूल चुँडी तिम्रो शहर धाउन
नक्कली माया बोकी तिम्रो छेउमा आउन !

यो ह्र्दयको ढोका खोली नबोलाको होइन
पिरतिको जाली रुमाल मैले कतै देको छैन !

फूल ओइल्यो तर पनी मन ओइलिएको छैन
तिमी बिना प्रमिस मेरो माया अन्त कतै छैन !

तिमीलाई भनी रोपेको यो गुलाबको फुफूलल
फुल्न त फुल्यो बोटमै सुक्यो तिमी नभयर !

– राज थापा
आयरल्याण्ड !

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.