कविता : कारागारभित्रको जून

~बिष्णु राई~ Bishnu Rai

जून
आयो भनेर पर्खेको
अझ टह टह आएको छैन
ल्याम्पोष्टको भरै छैन
कसको रगतले रात सहिछाप लगाउँछ
स्वास्नीको छातीमा सुन्को जन्तर झुन्ड्याउँछ
जता ततै त्रास छ ।

जूनको आगमनमा फूलहरु गीत गाउन तयार छन्
अन्धाहरू पहाड चढ्ने आकाङ्क्षामा छन्
लाटाहरू बोल्न थालेका छन्
तर निशब्द जून
बादलको कारागारमा थुनिएको देखेर
फेरि फूलहरु आफैलाई चढाउन थालेका छन्
भुतको जगजगीले देवताहरू लुक्न थालेका छन्
बुद्ध हिँड्ने बाटोमा मृत्यु हिँड्न थालेका छन् ।

अबोध ढुंगा भएर टहक जून आउने आसमा
चुपचाप आकाश हेर्न थालेका छन् ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.