अनूदित लघुकथा : मन्नु र तारा

~विश्वेश्वरप्रसाद कोइराला~B P Koirala
अनु : लक्ष्मण अर्याल

आकाशमा ताराहरू चमचमाइरहेका थिए |

”आमा भन्नुहोस् न त्यो के हो ?” मन्नुले आमालाई सोध्यो |

”त्यसलाई तारा भन्छन् बाबु | सबै मान्छे मरेपछि त्यहीं जान्छन् र जन्मनुभन्दा अगाडि पनि त्यहीं रहन्छन् | जन्मनुभन्दा पहिले तिमी पनि त्यहीं थियौ |” – आमाले भन्नुभयो |

बालक मन्नुले सोच्यो – ”जन्मनुभन्दा पहिले म पनि त्यहीं थिएँ |” उसले जन्मनासाथ बिर्सिएको घरलाई आश्चर्य मान्दै हेर्न थाल्यो | मन्नुले फेरी सोच्यो – ”त्यहाँ पनि कोठा होलान्, खेलौना होला |”Laxman Aryal

मन्नु एक एक तारालाई देखाउँदै भन्न थाल्यो – ”बहिनीको घर त्यो, मेरो घर त्यो, भाइको घर भने ऊ त्यो होला | आमाको घर कुन हो ? अँ आमाको घर ऊ त्यो ठुलो चन्द्रमा होला | बाँकी ती सबै कसकसका होलान् |” उसलाई राम, श्याम आदि साथीहरूको सम्झना आयो |

एक्कासि आमापट्टि फर्किएर भन्न थाल्यो – ”आमा मलाई त त्यो घर धेरै राम्रो लागिरहेछ | त्यहाँ हामी कहिले जान्छौं आमा ? भन्नुहोस् न |”

”मरेपछि जान्छौं मन्नु ” – आमाले भन्नुभयो |

मर्नु भनेको के हो ? मरेपछि किन जाने ? अहिले किन नजाने ? मन्नुले केही बुझेन | आमासँगका कुराले अघि चिनेका सबै घर भुलिए | अघि कुन कुन घर ककसको भनेर भनिएको थियो त्यो सब बिर्सियो |

अँ मात्र चुन्नुको घर भने उसले चिन्यो | त्यहीं नजिकै ऊ आफ्नो घर खोज्न थाल्यो | एक एक तारालाई नियाल्न थाल्यो | ”हिंड रात धेरै बित्न थाल्यो सुत्न हिंड” – आमाले भन्नुभयो |

मन्नुले सोच्यो – ”जब सबै निदाउँछन्, मैना चरी पनि आफ्नो गुंडमा निदाउँछे तब म बिस्तारै उसका प्वाँख लिएर त्यहीं उँडेर जान्छु |”

—————– —————– —————– ————-

(द्रष्टव्य : हिन्दी भाषामा लेखिएको यो कथा पहिलोपटक वि.सं. १९८७ माघमा ‘हंस’ वर्ष १ अंक ७, पृष्ठ ११३ मा प्रकाशित भएको थियो | त्यतिखेर कथाकार १६ वर्षका मात्र थिए | प्रारम्भमा कथाकार हिन्दी भाषामा यस्तै छोटा छोटा कथा लेख्थे | पछि दार्जलिङ्गका समालोचक सूर्यविक्रम ज्ञवालीले उनका कथा पढेर ”तपाइँको लेखन सशक्त छ, हिन्दीमा होइन नेपालीमा लेख्नुपर्छ ” भनी पत्र पठाए | यसले कथाकार हौसिए र नेपालीमा लेख्न थाले | कोइरालाको नेपाली भाषामा लेखिएको पहिलो कथा ‘चन्द्रवदन’ हो | ‘चन्द्रवदन’ पहिलोपटक शारदा वर्ष १, अंक १०/११, वि.सं. १९९२ मा प्रकाशित भयो |

यो कथा बालमनोविज्ञानमा आधारित छ | कथामा आएकी ‘चुन्नु’ मन्नुकी बालसखा हुनुपर्छ | मन्नुले अरूको घर बिर्सिएको छ तर चुन्नुको घर भने संझिएको छ | चुन्नुकै घर नजिकै आफ्नो घर खोज्न थाल्नु मन्नुको चुन्नुप्रतिको आशक्ति हो भन्न सकिन्छ | कोइरालाको प्रारम्भिक कथामा नै यौनमनोविज्ञानको वीज भेटिएको छ | कोइरालामा रहेको यौनमनोविज्ञानको यही वीज पछि अन्य कथामा झाँगिएको हो |
हिन्दीमा ‘वहाँ’ शीर्षकमा प्रकाशित यो कथालाई मैले यहाँ कथाकै बालपात्र र विषयका आधारमा ‘मन्नु र तारा’ शीर्षक दिएको छु |)

~~~~~~~~~~~~~~~~~~~~मूल लघुकथा~~~~~~~~~~~~~~~~~~~~

लघुकथा : वहाँ
लेखक : विश्वेश्वरप्रसाद कोइराला

तारे टिमटिमा रहेथे |

”अम्मा” | मुझे वता न, वे सब क्या है |”

”उन्हे सितारे कहते हैं मन्नू | सब आदमी मरने के बाद वहीं जाते है | और जन्म लेने के पहले वहीं रहते है | तू भी तो वहीं था |”

बालक ने सोचा – ”वह भी तो वहीं रहता था |” अपने भूले हुए निवासस्थान को विस्मित होकर देख्ने लगा | फिर सोचा – ”वहाँ पर भी कमरे होंगे, खेलौने होंगे |”

वह एक एक तारे की ओर अंगुली उठाकर कहने लगा – ”बहन का घर यह होगा, मेरा घर वह | ओर तब तो भाइ का घर यह होगा, माँ का घर कहाँ होगा ? माँ का वह बडा घर होगा चन्दा | बाँकी वे सब किस किस के घर होगे ?” – रामू, श्यामू इत्यादि साथी उसे याद आने लगे |

एकाएक माँ की तरफ देखकर कहने लगा – ”मुझे तो बडा भला मालुम पडता है | वहाँ हम लोग कब जायेंगे माँ ?”

”मरने के बाद मन्नू |”

मृत्यु क्या है ? मरने के बाद क्यों जाएँ ? अभी क्यों न जाएँ ? कुछ समझ मे नहीं आया ….. |

इस बातचीत में वह सब का घर भूल गया | न जाने किस-किसका कहाँ-कहाँ ठीक किया था |

हाँ, केवल चुन्नु का घर उसे पहचान पडा | उसीके आस-पास अपना घर ढूडने लगा | एक टक तारों की ओर देखता रहा | ”चलो रात बहुत हो गई, सोने चलो” – माँ ने कहा | मन्नू ने सोचा – ”जब सब लोग सो जायेंगे, और वह मैना भी सो जाएगी, तब मै चुपके से उसके पंख लेकर उड जाऊँगा |”

—–(हंस – वि.स. १९८७ / वर्ष १, अंक ७/ पृ. ११३) ——

(स्रोत : फेसबुकको ‘लघुकथा कुनो’ समूहबाट )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in अनूदित लघुकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.