गजल : संविधान चाहन्छु !

~खोजराज गोले तामाङ~

म त नयाँ संविधान चाहन्छु !
आफ्नै प्यारो पहिचान चाहन्छु !!

भूपडी नै पाए छाएर बस्थेँ नि !
भन्दिनँ म आलिशान चाहन्छु !!

आँटो पीठै पेटभरी पाइयोस् !
कैले भनेँर सूरापान चाहन्छु !!

देशको लागी दिनुपरे हटि्दनँ !
मैले दिने बलिदान चाहन्छु !!

तिमीजस्तै मानिस हौं हामी’नि !
त्यसैले स-सम्मान चाहन्छु !!

खोजराज गोले तामाङ
सिन्धुली

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.