~राम भट्टराई~
बिर्सिए झैँ ठान्यौ होला सम्झिरहेछु
म त तिम्रै मायाको बन्दी भएछु
तिम्रो यादले कतै जानै दिएन
यो मुटुले अरू कुनै नामै लिएन
एकान्तमा के के कुरा गम्दीरहेछु
म त तिम्रै मायाको बन्दी भएछु
मायाको घाउ रैछ दागै गएन
तिमीसँगै बसे जस्तो सँधै भएन
सबैलाई आँफै जस्तो ठान्दीरहेछु
म त तिम्रै मायाको बन्दी भएछु
शब्द: राम भट्टराई
संगित: सचिन सिंह
स्वर: जुना प्रसाईँ