~रोहितकुमार ‘हैप्पी’~
अनु : लक्ष्मण अर्याल
पाकेटमारालाई उसको पाकेट मार्दा लागेको थियो – धेरै माल हात लाग्यो किनकि पाकेटबाट निस्किएको माल गह्रौं थियो | फुकालेर हेर्दा सबै कागजमात्र देखिए | कागज फुकालेर हेर्दा तिन कविता, एक कथा र दुईवटा लघुकथा रहेछन् | नोट त एउटा पनि रहेनछ |
पाकेटमारालाई लेखकको पाकेट मारेकामा पछुतो भइरहेको थियो |
[रोहितकुमार हिन्दी भाषाका चर्चित लघुकथाकार हुन् ]
(स्रोत : फेसबुकको ‘लघुकथा कुनो’ समूहबाट )