कविता : अब गर्नु छ

~दीपक चापागाई~Deepak Chapagain

देशभक्तिहरूको एउटै माला बनाएर
सहिदहरूको सपनाताई पहिर्याई दिनु छ ।
राष्ट्रघाती देशद्रोहीहरूको चिहान बनाउन
एउटा भयानक आधुनिक मिसाइल बनाउनु छ

राष्ट्र–राष्ट्रियतामा सधै आघात पुर्याउने लाई
गाँउ, बस्ती अनी शहर बाट सधैलाई लखेट्नुछ ।
शोषण उत्पीडनमा पिल्शनेहरूका लागि सधै
पुष–माघ महिनाको पारिलो घाम बनेर झुल्किनुछ

नेपाली,नेपालीको आपसी द्वन्दलाई जरै देखी उखेलेर
सुन्दर सु–वासनादार फुलबारीको निर्माण अब गर्नु छ
बिध्वङ्स हत्या हिंसा गरी सधै आतंकित पार्ने लाई
कानुनको दायरामा कारबासको सजाय तोक्नुछ ।

मातृ–भुमीमा गिद्धेदृष्टि राखी नड़ग्रा गाड्न खोज्ने लाई
कहिले शिर नउठाउने गरी बेहाल बनाउनु पर्नेछ
संमृद्ध शान्त सुन्दर नयाँ नेपाल बनाउन लाई
हामी नेपालीहरूको छातीलाई पर्खाल बनाउनुछ ।

-दीपक चापागाई, दक्षिण कोरिया

(स्रोत : Ratopati)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.