~महेश बराल~
आज,
बिहान के भएको थियो
बाँदरको चकचकीले
सारा शहर आक्रान्त बनायो ।
एउटा आयो, बच्चो चड्कायो,
अर्को आयो, मिठाई चप्कायो ।
एक पछि अर्को,
अनि
अर्को पछि अर्को,
आयो, उपद्रोले वस्ति थर्कायो ।
आज,
बिहान के भएको थियो,
बाँदरको चकचकीले
सारा शहर आक्रान्त बनायो ।
कुनै फौजी कमाण्ड जस्तो
कुनै अनुशासीत दस्ताजस्तो ,
मानौँ, उपद्रोको राज,
उपद्रोकै अर्डर ।
प्रत्येकले प्रत्येकको शिरोपर गर्दै ।
न सहिष्णुता, न आदर,
न दयाको भारी, न इमान्दारीताको कदर ।
सिर्फ धुर्त्याईँ , केवल फटाइँ ।
आज,
बिहान के भएको थियो,
बाँदरको चकचकीले
सारा शहर आक्रान्त बनायो ।
यता शहर त्यस्तै छ,
दुरुस्तै बाँदरको चेन सिस्टमजस्तो ।
उहि तौरको उपद्रो,
उहि तरिकाको चकचक ।
जालको राज, चुक्लिको शासन ।
विध्वंशमा रमाउने नरपिपाशु पद्धति,
बिखण्डनमा नाच्ने जंगली रवैया ।
एउटाको खुट्टा अर्कोले तान्छ,
अर्कोको भर्या¨ अर्कोले पल्टाउँछ ।
राम्रो भाग मेरो माग,
जुलुम गर,
भाँडा फुटाऊँ ।
टाउको फोर,
या मुचुल्का उठाऊ ।
लडाऊ सारा अनि एक्लै खाऊ ।
दुरुस्तै, साँच्चै नै दुरुस्तै,
उहि शैली उहि तरिका बाँदर र शहरमा ।
त्यसैले त,
आज
बिहान के भएको थियो
बाँदरको चकचकीले
सारा शहर आक्रान्त बनायो ।
महेश बराल
कोल्बु¨– ५, मार्से ईलाम
हाल : बालकोट, भक्तपुर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )