~राज थापा~
नलेख गीत अब सबैलाई रूवाउछ
बेदनाका भेल बगी बदन रूझाउछ
भाबनाका फूल टिपी माला उन्छौरे
झरनाका झँकारनै सँगीत दिन्छौरे
तिम्रो कथा सुनी एकान्तनै थाक्यो
रात आफै निदाएर बिहानीले च्यायो
नलेख गीत अब सबैलाई रूवाउछ
बेदनाका भेल बगी बदन रूझाउछ !
– राज थापा
आयरल्याण्ड
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )