गजल : बिर्सें मैले

~तारा ज्ञवाली~Tara Gyawali

तिम्लाई देखें ह्रदयको भाव बिर्सें मैले
जीवनका अनगिन्ती तनाव बिर्सें मैले

एकै निमेष दर्शन ले फूल फुल्यो मनमा
पाइला-पाइला झेल्नुपर्ने दबाव बिर्सें मैले

यादमा नि आउन छाडे मेरा दिनचर्याहरु
के थिएँ म कस्तो थिएँ, स्वभाव बिर्सें मैले

के थिएन, के पुगेन, कस्तो हुनुपर्थ्यो
सबै-सबै सानातिना अभाव बिर्सें मैले

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.