~हरिभक्त कटुवाल~
झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगि
निभेको दीप झैँ भयो, उदास मेरो जिन्दगि
चुरा फुटे सरी भयो, चराहरु उडी गए २
हजार कोपिलाहरू नमुस्कुराउंदै झरे
उठेको बस्ति झैँ भयो, प्रबास मेरो जिन्दगि
निभेको दीप झैँ….
बिहान जो खुसि थियो, जलेर खाक भै सक्यो २
भिजेको पात पातमा, निसाधको कथा थियो
अँधेरी रात झैँ भयो, बिषाद मेरो जिन्दगि
निभेको दीप झैँ….
जलीरहेछ लाश भित्र, भित्र काहीं छातीमा २
टुटे फुटेका स्वप्न झैँ, अँध्यारो मात्र छातीमा
जिबन बगर सरि भयो, उराठ मेरो जिन्दगि
निभेको दीप झैँ….
शब्द: हरिभक्त कटुवाल
संगीत: कालीप्रसाद रिजाल
स्वर: नारायण गोपाल