~सुदर्शन राजोपाध्याय~
थिएँ म एकदिन सयपति
भइयो पनि एकदिन म हजारपति
भन्छन् आजकल मलाई लखपति
हैन म अरबपति करोडपति
रहर छ बन्ने खरबपति
हुने छैन म पतिदेबको पति
उफ ! गन्हाउने भएछ त्यो सुन्दर वाग्मति
चाबहिल भएछ अब त्यो चारुमति
अति हँुदा हुन्छ रे खति
छिमेकी राष्ट्रको कूनियत नेपालप्रति
सरकारको वास्ता बेवास्ता जनताहरुप्रति
मूर्खहरुको संख्या बढेछन् कति कति
नेताहरुको अति खराब कुमति
कहांसम्मको हो यो लामो गति
हुनु भइसक्यो अति क्षति कति कति
कैले हुने हो अब जाति
कूतत्वहरुले कमाएछन् तापनि धेरै ख्याति
सबैको छ बन्ने रहर एकपटक राष्ट्रपति
को हुन यहाँ गणपति
को हुन यहाँ प्रधानपति
अझै छन् यहां प्रजापति
छयाल ब्याल छ यहाँ धनपति
को हुन् यहाँ गुणपति
आस्था वास्ता छैन धर्मप्रति
खोज्दै हिड्छन् दानपति
अझै कति सदभाव् राजाप्रति
के के हुन्छन् बिना अनुमति
गौरब छ अब नेपालमा पहिलो महिला राष्ट्रपति ।।
(स्रोत : Ratopati)