~सुधीर ख्वबि~
एउटा मान्छेले उहिले
देशलाई बाँसुरी ठान्थ्यो
खूब बजाइरन्थ्यो |
ऊ बाँसुरीलाई ऊखु जस्तै चुस्थ्यो
कहिले लट्ठी बनाइ प्रयोग गर्थ्यो
कहिले शान्तिको राग अलाप्थ्यो
कहिले बिकासको धून सुनाउथ्यो
बाँसुरी उस्को लागी प्रजातन्त्र थियो
यो अस्तिको कुरा हो |
हिजो करोडौं हातहरुले नयाँ बाँसुरी बनाए
यसलाई फरक ढंगले , नयाँ सोचले बजाउन
सुर, ताल र स्वर मिलाउन
करोडौंको सपना साकार बनाउन
बाँसुरीलाई सबैले माया दिए ,विस्वास गरे
यो हिजोको कुरा हो |
आजभोली , बाँसुरी बेहाल छ
कोहि यसलाई सुनको जलप लगाउने भन्छ
कोहि चाँदीले नि पुग्छ भन्छ
कोहि, होइन फलामले मोड्नु पर्छ भन्छ
कोहि बिदेशी जस्तो पार्नु पर्छ भन्छ |
कोहि जीतको मदमा यसलाई चुस्छु भन्छ
कोहि हारको बदलामा यसलाई फुक्छु भन्छ
कोहि वरिस्ठताको नाममा हक लाग्छ भन्छ
कोहि उत्पीडनको नाममा भाग लाग्छ भन्छ |
बाँसुरी बनाउनेहरु दिक्क छ
बाँसुरी सजाउनेहरु चिन्तामा छ
मिठो धून सुन्ने सपना कुठाराघात हुँदैछ |
बाँसुरी भन्छ ,
सात सुर मिले मिठो धून बन्छ
अनेकौं स्वर मिले मिठो गीत गुन्जन्छ
मलाई उखु जस्तै चुस्न नखोज
मलाई लट्ठी जस्तो बनाउन नखोज |
सुधीर ख्वबि