~राज थापा~
यसैपाला मेरो पनी छोरा जन्मियो
कसरी खुसी मनाउ लौन छोरै जन्मियो
धरानको कालो बनेल खुवाऊ की ?
घरकै रातो भाले सुत्केरीलै भयो !
काखैमा राखेर छोरालै हेर्दै हाँसे
बा भन्यो की च्याँ गर्यो उपनी हाँस्यो !
यसैपाला मेरो पनी छोरा जन्मियो
कसरी खुसी मनाउ लौन छोरै जन्मियो !
बाबा आमा सँग सोधे मैले के गरें ?
छोरी पाउदा खुसी हुने सँस्कार किन मरे ?
छोरा ,छोरी दुबै बराबरी ईश्वरका बरदान
छोरी पाउने आफ्नै भाग्य फुटे सरी ठान्छन !
यहाँ दैब पनी पुरूष , स्त्री पनी ईश्वर छन
कसैले भन्न सक्छ स्त्री,पुरूषमा के कमजोर छन
यसैपाला मेरो पनी छोरा जन्मियो
कसरी खुसी मनाउ लौन छोरै जन्मियो !
– राज थापा
आयरल्याण्ड !
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )