~सरस्वती शर्मा ‘जिज्ञासु’~
शान्ति फुल्ने मेरो देशमा बिबाद मात्र चल्यो आज
आस्था विश्वाश नेपालीको क्ष्यडभर्मै ढल्यो आज
सुन्य सुन्य उराठ्लाग्दो गाउघर बस्ती देख्दा
पौरखी यो शरीरको अंग- अंग गल्यो आज
दाजुभाइ दोन्द गरी सिमरेखा पार गर्दा
शान्तिप्रेमि नेपालीको दिल सार्है जल्यो आज
बिचारको कुर गरौ अर्कोलाई घात किन
थियौ एक ढिक्का हामी द्वोन्द किन बल्यो आज
जता हेर्छे जिज्ञाशुले आफन्तलाई निरास देख्छे
सोचिराछु नेपालीलाई भाग्यले नै छल्यो आज
सरस्वती शर्मा जिज्ञासु
अध्यक्षः माधुरीसाहित्य प्रतिष्ठान
कुश्मा, पर्वत
(स्रोत : Simanapari)