गजल : बक्बक् नगरे हुन्थ्यो

~विजय सुब्बा~

अति नै भयो अब त बक्बक् नगरे हुन्थ्यो
सीमा यो नाघ्नैथ्यो भने चक्चक् नगरे हुन्थ्यो

मान्छेको वेश्यावृत्तिले पर्खाल भत्काइसक्यो
कोठामा पस्नुछ भने ढक्ढक् नगरे हुन्थ्यो

रहेन सीमा देशको जिम्मा सरेर जाला
यो बेला नबोल्नेहरु भक्भक् नगरे हुन्थ्यो

जनता सुन्न नसक्ने कुलटाहरु नबाँचुन्
त्यस्ताले यो देशभित्र सक्सक् नगरे हुन्थ्यो

यस्ता कुलङगारहरु पुग्यो ननाचे हुने
फुटेर चाँप बरु त छक्छक् नगरे हुन्थ्यो

न हाँस हिंड्यौं विजय न त कुखुरै हिंड्यौ
बेक्कार योकि त्योभनी भक्भक् नगरे हुन्थ्यो।

तेह्रथुम

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३२ – २०६७ आषाढ १६ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.