~उमा गौतम~
इस्वरको बर्दान अनी उपहार हो मान्छे
जन्मी संसारमा यसै बिलिने भो मान्छे
अस्मितालाई फिजाएर धर्तिसग जुद्दाजुद्दै
शैतान भन्दा पनि तल खस्यो यो मान्छे
अनगन्ती सवाल बोकी उत्तर खोज्द खोज्दै
शितको थोपा हराए झै हराउन गो मान्छे
झुन्ड्याएर शरीरलाई बतास देखी डराएर
आगोसगै पानीलाई चलायो सो मान्छे
जमिनलाई खोतालेर आत्मा छान्दा छान्दै
माटोसगै ध्वस्त भइ मिल्यो जो मान्छे
पिट्स्बर्ग, पेन्सलभेनिया, संयुक्त राज्य अमेरिका
(स्रोत : रचनाकारको ब्लगबाट सभार)