~राम मान “तृषित”~
केटा:
मान्छेको माया यहाँ, खोलाको पनि जस्तो
किनारलाई छोई भाग्ने, लहरको बानि जस्तो
केटि:
मान्छेको माया यहाँ, आँखाको नानि जस्तो
यो रात भगाई आउने, सुन्दर बिहानी जस्तो
केटा:
माया त जोबनको आबेश मात्रै नै हो
तिर्खाको राम्रो अर्को एक भेष मात्रै नै हो
केटि: तिम्रो हेराइमा केवल, आँखा छ मोति छैन
केटा: तिम्रो बोलाईमा स्वच्छ ढुकढुकी केहि छैन
केटि:
मायाको विशालता यो आकाश धर्ति नै हो
माया त शान्ति सुन्दर आत्माको मुर्ति नै हो
केटा: तिमि पानिलाई आकार दिने कोशिश नगर
केटि: तिमि हावालाई सहभार दिने कोशिश नगर
शब्द – राम मान “तृषित”
संगीत – शिव शंकर;
स्वर – नारायण गोपाल र ज्ञानु राणा