गीत : तिमीलाई भुल्दा

~कञ्चन पुडासैनी~kanchan-pudasaini

तिमीलाई भुल्दा म एक्लो परेछु
तिमीलाई सम्झें, तिमी साथ आयौ
कुनै चिज मिठो म खोजिरहेथें
म सोचीरहेथें, तिमी याद आयौ २

उज्यालो बढे झैँ भयो आज झन् झन् २
उज्यालो त मुस्कानले बढ्छ भन्छन
की मैलाई सम्झी तिमी मुस्कुरायौ
के आयौ तिमी, चाँदनी रात आयौ
कुनै चिज मिठो…

तिमीले पनि सम्झिएकी भए लौ २
चुम्यौ चाहनाले अझै मन परायौ
मलाई भुलेकी भए के भनु खै
तिमी हर्ष आयौ की बिष्मात आयौ
कुनै चिज मिठो…
तिमीलाई भुल्दा..

शब्द: कञ्चन पुडासैनी
सङ्गीत: दिब्य खालिङ्ग
स्वर : नारायण गोपाल

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.