~रश्मिला कवाङ~
हिँड्न जाने राम्ररी बाटो कतिकति
जिन्दगीमा घाउको खाटो कतिकति
आँसुमा तैरिएका मनका ती आशाहरु
चिन्नसके खुसिको पाटो कतिकति
अकबरे बिश्वासलाई ढाल्न त्यसै हुन्न
घातसँगै छातीभरि टाटो कतिकति
धैर्यताको बाधलाई मजबुद राख्यो भने
मीठो फल फलाउने माटो कतिकति
बोलीमानै व्यक्तित्व झल्कने भए के थियो र ?
मौनतालाई धारण गर्ने लाटो कतिकति
रश्मिको शीतयुद्ध मात्र तील जत्रो देख्छु
आपसमा अदृश्य फाटो कतिकति
मुलढोका-४, भक्तपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )