कविता : लेखक

~गोविन्दप्रसाद आचार्य~

फ्याँकिएका रचना पढिरहेछु
रछानबाट वटुली रहेछु
मेरो भन्दै माया गरिरहेछु
रछानमा रोइरहेको रचना मैले पालिरहेछु
म त्यो रचनाको वावु खोजिरहेछु
म त्यो वावु आमाको रचना होइन्
त्यसको वीना नाम नजुराएको होइन
त्यसले आमाको दुध नखाएको होइन
त्यसले वावुको प्यार नपाएको होइन
त्यो असक्त छैन सशक्त छ
त्यो रोगी हैन निरोगी छ
भावमा युग वोलीरहेछ
अभाव नहोस् भनिरहेछ
अधिकारको उज्यालो देखिरहेछु
कसैले फाले पनि फलिरहेछु
त्यसले युगको गीत गाउँछ म सुनिरहेछु
त्यसले अन्यायको विरोध गर्छ म साथ दिइरहेछु
हिजोको प्रयोगमा वर्तमान भन्दा परको ल73य प्रभातको लाली वनिरहेछ
ंंंहिजो वजेको सारड्डीको धुन आज उस्तै वजिरहेछ
असमानताको जंगल फाँड्ने आन्दोलनको घोषणा
तिम्रै रचनाले गरिरहेछ
तिमी फेरिएका छौ तर तिम्रो रचनाले मुटु तिम्रै घोचिरहेछ
हे कवि तिम्रो कविताले तिम्रो वर्तमानको
आलीसान महल भत्काउछु भनिरहेछ
हे कथाकार तिम्रो कथाले तिम्रो आजलाई लाज नमानी
निसङ्कोच जलाउछु भनिरहेछ,
हे उपन्यासकार, तिम्रा उपन्यासका पात्र जुर्मुयाएका छन् सन्देशलाई सुरर्याएका छन्,
तिम्रो विलासी जिवनको एक–एक हिसाब सार्वजनिक गर्न खोजीरहेछन्,
तिम्रा फ्रयाकिएका नाटकहरू युग नाटक भएर
तिम्रै मुखमा थुकिरहेछन् ,
तिमी चिसो छौ रचना ताता छन्
तिमी बासी भएछौ रचना ताजा छन्
तिमी एक्लिएछौ रचना साझा छन्
तिमी मुर्दा छौ रचना जिउँदा छन्
तिम्रो रचना आगो छ म फुफु फुकिदिन्छु
यो असमानताको जंगल म तिम्रो रचनाको आगाले पोलिदिन्छु
तर लेखक हिजो आजका तिम्रा रचना देख्दा यो मन भन्छ
अशक्त रचना जन्माएर सशक्तको वदनाम नगरिदेउ
श्रमीकको मासुको कबाफ खाएर
बोक्रे रवाफ सडक वालाको अनुहारमा नथुकिदेउ,
तिम्रा काँडाका भ्ा्क्रयाड्डका रचनामा पसि वस्न हुने बगैचा देखिन
फुल फुलेको छ कि एक–एक पात भित्र हेर कतै केहि केहि भेटिन
सम्भावना भावनाका नजर प्रयासका पात
पल्टाउदै थिए नजाति मानेर फर्किएछन्
विगत जस्तै मानेर पसे जीउ रताम्मै पारेर रूदै फर्किएछन्
लेखक तिम्रो रचनामा स्याल कराइरहेछ
लेखक तिम्रो रचनामा मरेको स्याल गन्हाइरहेछ
तिम्रँ बीस कुन्डका रचना
तिर्खाएका बटुवालाई झुुक्किएर पनि नपिउन भन्छु
म श्रम जीविलाई तिम्रो सिस्नु विझाउने रचना नछुन सुसुचित गरिरहेछु
लेखक तिम्रो समालोचनामा जीवनका लोचन छैनन्
कृतिम लोचनबाट प्रकाश आउँदैन भनिरहेछु
लेखक गुच्छका लोचन देखेर भ्रममा परेको छु
लेखक उज्यालो फरक हुदो रहेछ सुर्य अनेक हुदा रहेछन लेखक
श्रमीकका रचनामा बेश्रमीको लाज पचेको कला बेसरी पोते पछि
श्रमीकका विपना बसाउँदा रहेछन्
तिमीलाई छुट छ किनकि तिमी सम्पन्नतामा छौ
तिमी ढाटेर वाँच्नु छ त्यसैले काँडालाई फुल भनिरहेछौ
लेखक तिमी माग्न लेख्छौ म जाग्न लेख भन्छु
म तिम्रा माग्ने रचना होइन जाग्ने रचना खोजिरहेछु
म अन्यायलाई पाल्ने होइन फाल्ने रचना खोजिरहेछु
श्रमीकको एक थोपो भावना मागेर सागरको छाल उठाएको धाक लगाउनु छैन
मलाई होटलमा बुकुराको कुखुरा चपाउने
श्रमीकको जीतमा गीत लेख्नु छैन
मलाई स्तुति गाएर श्रमीको बाजा बजाएर
शहरको मुुटुमा घर वनाउने रहर छ
गरिबका जितका गित नलेखे पनि जनताको लेखको पगरी पाए पुग्छ
तर याद राख असल रचनाले युग वनाउनु छ
ढटुवा लेखक तिम्रो रचनामा कुहिएको अन्डा र कुहिएको माछा गन्हाउछ
जाली लेखक तिम्रँे रचनामा साम्राज्यवादको रक्सी गन्हाउछ
म तिम्रँ असल रचना खोजिरहेछु
रोदीमा किसानका गीत खोजिरहेछु
म तिम्रा रचनामा पूर्ण जीवनको हाँसो खोजीरहेछु
म तिम्रो रचनामा मैले राख्न दिएको उज्यालो युगको दर्शन,
पाठशाला, असल गुरू, असल लेखक खोजिरहेछु

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४५ – २०६७ असोज १३ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.