~सुशिल एकीकृत~
आज देश दुनियाँमा नानाभाँती हुँदै गयो
मान्छेबाट मानवता कुन्निकता रुँदै गयो
मान्छे मान्छे बीच देख्यौं कस्तो कस्तो लिला भयो
मानवीय अनुशासन पूरै हराउँदै गयो
हामी देख्यौं अपराधी ठूला पार्टी खोज्दै जान्छ
कार्यकर्ता, नेताभई अपराध धुँदै गयो
पार्टीले त भोट लिने के के कुरा बोलिदियो
नेताजीले सबै झुठा आश्वासन फुँदै गयो
भारतको इशारामा संघीयता भित्र्याउदा
राष्ट्रवाद हराउँदै जातिवादले छुँदै गयो
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ११ – माघ १२, २०६७, बुधबार)