कविता : चौघेरा

~विश्व राज भेटुवाल~Bishwa Raj Bhetuwal

चारैतिर हुस्सुले ढाकेर
क्षितिज ओर सरेको बेला
बाक्लो हुस्सु बिचमा
आफ्नो चौघेरा भित्र पस्ने
बाँदर कुर्न
कुनै उज्यालो प्रकाशको सहयोग लीई
हुस्सु सँग घोलियको म ।

बाँदर बाँदर नै हो
सारा बिगरे पनि
यस्लाई चेत आउँदैन
कमजोर चेतना को छ
बनाउने कुरा नै जान्दैन
आगो को फिलिङो जस्तै
समाज खरानी बनाउन जान्छ
अनी
बिध्बशमा नै अझ गर्बिलो बन्छ ।
र्

आफ्नो समुह अगाडि गयर
जोर जोरका साथ
आफुले गरेको बिध्बशको गाथा सुनाउछ ।
आसे पासेहरुले जोड जोडका
थपडिले अनुमोदन गर्छन्
उु अझ प्रफुल्लित हुन्छ ।

बिध्बशलाई जारी राख्छ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.