~ज्ञानेन्द्र स्थापित~
मसानको विभत्स र ब्यंगपूर्ण हाँसो छरीन्छ
एक लाश माथि,
एक अभागी माथि,
किन कि
मसानले देखि रहेकै हुन्छ
मलामी आएका ती आँखाहरु मा
लुकेका हाँसोहरु
प्रफुल्लित भावनाहरु
अनि
आडम्बर सहितको शोक हरु……
आषाढ १८, २०३५ काठमाडौँ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)