~गोपाल योञ्जन~
केटा – मेरो जोबन लैजाऊ
केटि – पर्दैन त्यो दुइ दिनको
केटा – मेरो ज्यान लैजाऊ
केटि – चाहिंदैन त्यो माटोको
केटा – मेरो माया लैजाऊ
केटि –
हुन्छ यदि त्यो पुरानो हुन्न भने
पछी गई फेरि त्यो कहिल्यै छिन्दैन भने
केटा –
मेरो आँखाको नानीमा तिमि छाएकी छौ
मेरो हृदय भावनामा तिमि आएकी छौ
के पो दिन सक्छु अरु म तिमीलाई
जब सम्पूर्ण मलाई नै पाएकी छौ
त्यतिले पनि तिम्रो मन भरिन्न भने
मेरो आँखा लैजाऊ
केटि – पर्दैन त्यो लोभ हो
केटा – मेरो ओठ लैजाऊ
केटि – पर्दैन त्यो मोह हो
केटा – मेरो बचन लैजाऊ
केटि – हुन्छ यदि त्यो कहिल्यै तोदिन्न भने
पछी गई फेरि ऋतु झैँ फेरिन्न भने
शब्द र संगीत: गोपाल योन्जन
स्वर – नारायण गोपाल र ज्ञानु राणा