~शिरीष~
हिमालको चुचुरामा बसेका उनि प्रकृतिको त्यो दृश्य जब हेर्दछन
यस सरलताको रहस्य बुझ्ने प्रयत्न उनी गर्दछन् ।
तपस्या उनको जीवनको यही उत्तरको खोजी हो
तर्क बितर्क गर्दै उनि मग्न ध्यानमा पर्दछन् ।।
प्रचन्ड रविको किरण जब पर्दछ एक कोमल फूलमा
नडराई ऊ त अझै घुरेर उसलाई हेर्दछ ।
जङ्गलको राजा सिंह जब पर्दछ मानिसको हुलमा
उसलाई भने अपहरित हुने डरले पो घेर्दछ ।।
क्षितिजमा आकाश र सागरको मिलन आँखाले त देख्दछ
तर जति नजिक जन्छौँ हामी उती पर ऊ सर्दछ ।
बाहिरी सौन्दर्य त कोइलीलाई पनि विकट छ
तर महानता त मानिसमा सुन्दर आत्माले पो बढ्दछ ।।
बौद्धताको कामनामा जीवन उनको बित्ने भो
महात्मा हुने विकल्प के यो संसारलाई त्याग्ने हो?।
चंचल नदी, शितल पवन, प्रकृतिको यो अटलता
प्रभुको सरल रचना यो, यसको वास्तविक असरलता ।।
(स्रोत : INLS – australia)