~विजय योजीत~
उठायो कसैले ति पर्दा उठायो
यि आँखा रसाएर झर्दा उठायो !
सँधै टेकिराख्थ्यो दबाएर गोडा
रमायो कि वैरी म मर्दा उठायो !
निदाएर गाढा रमाएँ निमेष्मै
कसैले ति स्वप्ना नभर्दा उठायो !
थिए मुर्छिएका बिहानी उषाले
रमाएर लाली ति छर्दा उठायो !
पुकारा गरेंथे अनेकौ म डुब्दा
छुटायो ति बाधा र तर्दा उठायो !
छन्द: भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन सालिम
रूक्न : फऊलुन् × चार, गण : यमाता × चार
– विजय याेजीत ,
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)