~सेन वेइ~
अनु : केशव सिग्देल
गाउँ उपत्यकामा छ। पहाडी कान्लो चिहानघाट हो
वर्षेपिच्छे गाउँ साँघुरिँदै जान्छ र दिन्दिनै चिहानहरु बढ्छन्
गाँउ तल गहिरो छाँयामा अवस्थित छ
चिहानघाट माथिपट्टि प्रचण्ड सूर्यमुनि छ
बँगैचामा गाँउलेहरु फलफूल टिप्छन्, घुमफिर गर्छन्
जब उनिहरु टाउको उठाउँछन्, मरेकाहरुबाट
आफैलाई हेर्ने एउटा कोण पाउँछन्, एक जोडी आँखाहरु
Tuyugou Village
सेन वेइ (चीन)
(स्रोत : Nepalikalasahitya)