हेर्दैमा तिमीले मनभरिको त्यो खलबली उफ्
चियो पो कसैले गर्दै त छैन त्यो जगजगी उफ्
आखिर सुस्तरी जब तिमीले मलाई छोयौ
रोकिए झैँ लाग्यो तब समय त्यो गडबडी उफ्
भेटौँला भोली है भनी गरेनी बिदामा निधो
हरेक पलमा भेट्न हतार त्यो छटपटी उफ्
पढेनी किताब रट्ने पहिलो नाम त तिम्रै
तिमी नै पानामा देख्ने गरेको त्यो झलझली उफ्
तिम्रो नै साथले मेरो जिन्दगी बदली दियो
तै पनि उस्तै छ बैरी दुनियाँ त्यो मतलबी उफ्
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )