~देवकी अभिलाषी~
म टाढा छु
सिंहदरबारबाट कोसौँ टाढा
थाहा छैन मलाई
यो देशमा
नागरिक हुनुको मापदण्ड के हो ?
कसको पक्षमा लेखियो संविधान ?
यो पनि थाहा छैन
म त टाढा छु
अग्ला–अग्ला पहाडको गहिराइतिर
छोपिएको छु नदेखिने गरी
मेरो आवाज पुग्दै पुग्दैन
सिंहदरबारसम्म
म को हुा ?
मलाई थाहा छैन
हालको परिभाषामा
एउटा भूकम्पपीडित हुा म
र, हाललाई
मुटु कठांग्रिने जाडोमा
एक मुठी बासी मकैले छाक टारेर
राष्ट्रियताको निस्तो पाठ घोकिरहेछु
बााकी छैन अब
तिमीले दिएको एक बोरा चामल
बााकी छैन अब
तिमीले दिएको दुई चक्की सिटामोल
मात्र छ
हावाको सानो झोक्काले पनि
सजिलै उडाइलान सक्ने
पुरानो त्रिपाल एउटा
बारीको चिसो भुइामा
छरपस्टिएको छ मेरो सिंगो अस्तित्व
तिमीलाई एकादेशको दन्त्यकथा लाग्न सक्छ
मैले भोग्ने एक–एक चिसो रात
मेरो हरेक चिज
तिम्रा लागि तमासा हुन्छ
मेरो भोक र मेरो शोक
तिमीलाई कुनै कमर्सियल फिल्मको
ट्रेलरजस्तो लाग्छ
म यता घरको अस्थिपञ्जर नियाल्दै
सपनाहरूलाई भग्नावशेष हुनबाट
जोगाउने कठोर प्रयत्नमा छु
सााच्चै, सिंहदरबार
अहिले कुन उद्यममा छ ?
प्रकाशित: माघ २३, २०७२
(स्रोत : कान्तिपुर – कोसेली)