~दुर्गालाल श्रेष्ठ~
सय थरी बाजा एउटै ताल
सय थरी गोडा एउटै चाल
मेची काली सिँगै ढिको
साझा हाम्रो जान नेपाल
सय थरी नै हो जाती र जात
नाच्छौँ यसरी एकै साथ
झुक्छ जसरी लसरी पसरी
एउटै रूखका सयथरी पात
सय थरी बाजा एउटै ताल
सय थरी गोडा एउटै चाल
सब हो एउटै हामी नेपाली
एउटै हाम्रो देश नेपाल
चोट मलाई पर्दामा
दुख्छ भने यदि तिम्रो ज्यान
त्यही हो त्यही हो नेपालीको
राष्ट्रियताको मुल निशान
सय थरी बाजा एउटै ताल
सय थरी गोडा एउटै चाल
यही अभिमानी शिर उचाली
हाँसी रहोस् यो उच्च हिमाल
सङ्गीत : न्यू बज्राचर्य
शब्द : दुर्गालाल श्रेष्ठ
स्वर: तारा थापा
टेली-चलचित्र : मह जोडीको “१५ गते”