गजल : सारा जनता उठ्नुपर्छ

~पुष्पा गैरे ‘संघर्ष’~

देशको मुहार फेर्नलाई, सारा जनता उठ्नुपर्छ
दुश्मनको जरो काट्न, सबै मिली जुट्नुपर्छ

जन्मभूमि नेपाललाई, टुक्राटुक्रा पार्न थाले
देश टुक्राउने दलालीलाई, हाँडीभित्र भुट्नुपर्छ
देशको मुहार……

दश वर्षमा स्वीजरल्यान्ड बनाउने गफ गर्थे
सपना देख्ने नेताको , बानी व्यवहार छुट्नुपर्छ
दश्मनको जरो……

धेरै विकास गर्छौ भनी, जनतासँग भोट मागे
आज महल बनाउनेलाई , जनताले चुट्नुपर्छ
देशको मुहार…..

नेपालका नदिनाला, भारतलाई सुम्पिएर
सुख्खा नेपाल बनाउनेलाई , पाता कसी कुट्नुपर्छ
दुश्मनको जरो………

तयारी हौं नेपाली हो, एकजुट भई उठ्न सिकौं
राष्ट्रलाई बचाउन ज्वालामुखी भै फुट्नुपर्छ
देशको मुहार…..
दुश्मनको जरो….

(गजल संग्रहः परिवर्तनका पाइलाहरुबाट)

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २ – २०६७ मंसिर ८ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.