तन दिएँ मन दिएँ बदलामा होश राख्छु
दूर हुन खोज्नेसँग मागेर म दोष राख्छु
जाऊ जाऊ दूर जाऊ कति अझै रोकिरहुँ
तिम्ले सोँचेभन्दा अब दूरी दुई कोश राख्छु
रम्दै झुम्दै जिन्दगीको बाँकी पल बिताउँन
मेरो लागि पनि थोरै बचाएर जोश राख्छु
त्यो कठोर स्पर्शले कहाँ रह्यो कोमलता !
मुटु भन्नु नाम मात्रै ढुँगो त्यही ठोस राख्छु
014-04-2010
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )

