~दिलिप आचार्य~
“यी नेताहरू सबै फटाहा हुन‘” कुनै लाममा बसेका एकजना लक्का जवानले गफ निकाले ।
“हो त नि‘ कसैले केही गर्ने हैनन् ‘सबै आफ्नो भूँडी भर्न मात्रै नेता भा’छन्” एकजना अधबैँसे उमेरकाले कुरो तन्काए ।
“एउटा–दुईटा मात्रै हैनन् ‘ के गर्ने जम्मै उही ड्याङका मुला छन्” अलि अगाडि रहेकी अर्की महिलाले पनि सहि थपिन ।
“के गर्नु‘ कली बलेको छ जाली फटाहा मात्रै नेता हुन्छन्” अर्का पाका उमेरका ले निचोड निकाले ।
“हैन यो लाइन पनि कत्ति ढिला बढेको २ घण्टा घाममा उभ्भिदा-उभ्भिदाँ खुट्टै दुखी सक्यो’ लाममा पछाडि रहेका एकजना बुढा बा ले भने ‘आफ्नो भोट हाल्ने पालो आए त घर गएर आराम गर्थे ।’
(स्रोत : EverestDainik)