~मदन राई ‘लामाखुले’~
मिर्मिरे उज्यालोलाई
कुल्चनेहरू ,
अनन्त अनन्त सम्मका
सुन्दर सम्भावनाहरूलाई,
फोहरमा फाल्नेहरू ,
उत्साहित फूलका बगैँचाहरूमा
बिहान बिहान
पातमा टल्किने
शीतका थोपाहरू,
झुल्के घाममा टल्कँदा
आफ्नै आँखामा
नलुकाएर
निर्मम् खस्न दियौ भुइँमा ।
रात–रातभरि
नसुतेको रातसँग
पौँठेजोरी खेल्दै
बल्ल तल्ल ब्युँतिएको
बिहानीको
तातो घामको तीरले
मेरो कोठाको झ्याल
छिचोलेर उन्मादी
शैलीले मलाई
अभिवादन गर्दा
मेरा आँखा
सुस्तरी खस्यो
एउटा बैँसालु
कालो गुलाफको बोटमा …..