~सरस्वती प्रतीक्षा~
निरपराधी हुन केही गर्नै पर्दैन यहाा
बााच्नुको नाममा केवल सास मात्रै फेरिदिए पुग्छ !
हावा उल्टो बगोस् वा सुल्टो
बस् हावाको दिशासागै बगिदिए भइन्छ निरपराधी
ख्वामित् ख्वामित् भन्दै
मुर्कट्टाहरूलाई आफ्नो मस्तिष्क बुझाएमा भइन्छ निरपराधी
यो समाज, संस्कार, सभ्यता
यो बनावटी मयार्दाको सेक्स अपिलमा
जुन मात्रामा आफूलाई नङ्ग्याउन सक्यो,
त्यही मात्रामा भइन्छ निरपराधी !
अपराधी त अपराधी नै हुा म
संघर्षको ध्वाासोले आफ्नो पूरै अनुहार कालो नभएसम्म
स्वयम्लाई सुन्दरी सम्झन सक्दै सक्दिना म
निदाउादा पनि आफ्नो तेस्रो नेत्र नखोली निदाउनै सक्दिना म
दुव्र्यसनी नै भइसकेपछि किन सानोतिनो कुराको दुव्र्यसनी हुनु !
जीवनमा जीवनकै दुव्र्यसनी हुा म
जिन्दगीको गल्छेडामा गई
भीरमौरीको चाका नै नचाखीकन
जिन्दगीको स्वाद लिएा भन्नु पनि के भन्नु ?
एक रत्ति पनि नबिग्रीकन, नभत्कीकन बााच्नु पनि के बााच्नु !
अपराधी त अपराधी नै हुा म
त्यो किताबको पाना च्यातेर ट्वाइलेट पेपर बनाउाछु
जहाा लेखिएको हुन्छ, ढुंगा हान्नेमाथि फूल बर्साउन सिक !
हे सीता !
हे गान्धारी !
हे सावित्री !
सजिसजाउ नामपुस्तिकामा पस्केर दिइने यी सजिसजाउ नामहरू…
सजिसजाउ त
सोकेसमा काटेर राखिएको बाख्रीको टाउको पनि हुन्छ
प्रत्येक पसलको अघिल्तिर राखिने डमी हुन्छे सजिसजाउ
अपराधी त अपराधी नै हुा म
सजिसजाउ नामहरू उखेलेर
मैले आफ्नो आागनमा बदनाम रोप्ने धृष्टता गरेकी छु
मिथक र नाम घरघरमा उधोमुन्टो सजिएका देवीहरूलाई नै सुहाउाछ
म खस्रो र पीरो मान्छे
मलाई त नाम कम, बदनाम नै बढी सुहाउाछ
हजार टाउकाहरू भएको शेषनागले
किन बेला न कुबेला मेरो शरीर ल्यापल्यापी चाटिरहन्छ ?
शेषनागका हजार थान जिब्राहरू थुतेर
सेल्फी खिच्ने त्यो कुख्यात फोटोग्राफर मै हुा
तनतनी पिउाछु तोङ्बा
आफ्ना खुट्टाहरूलाई जानीजानी इत्रिन दिन्छु
र कुल्चिएर हिाड्छु–फााटैभरि सुकाइएका सीमारेखाका बिस्कुनहरू
कही नभएकी त्यो बौलाही बटुवा मै हुा !
हो, एउटा हातमा गुलाफ र अर्को हातमा खुर्पा बोकेर
नृत्य गर्ने त्यो अराजक नृत्यांगना मै हुा
तपाईं नै भन्नुस् श्रीमान् !
सास फेर्नु मात्रै बााच्नु कसरी हुन्छ हा ?
यी तमाम अपराधहरू मैले केवल बााच्नका लागि गरेकी छु
बााच्नु अपराध हो भने म अझैं हजारौं हजार अपराध गर्न तयार छु
चराचर जगत्मा उड्ने यो अपराधीलाई थुन्छु भन्ने
यो समाजको झ्यालखाना कठै, कति सााघुरो ! कति विदीर्ण !!
प्रकाशित: माघ ९, २०७२
(स्रोत : कान्तिपुर – कोसेली)