~जाहिद दार~
अनु : केशव सिग्देल
मेरो पागलपको भित्ताहरुमा
आवाजहरुका् खेल छ
मेरो पागलपनको भित्ताहरुमा
चित्रहरुको नृत्य छ
मेरो पागलपनको भित्ताहरुमा
मौनताको चर्को अट्टाहास छ
जटिल, सुल्झाउन नसकिने प्रश्नहरु
जुन छैनन्, तर यदि त्यस्ता भए भने
चन्द्रमा यदि कागजका् टुक्रा भएको भए,
अथवा आकाश, चट्टान
यो पृथ्वीले पेटमा सूर्य बोकेको भए
मान्छे पानीमा डुबेर
अस्तित्वमा आयो
र ओइलाएको हाँगो चढ्यो
पपको आगोमा उड्यो
र बिलायो
किन—?
मेरो पागलपना—यी बेकामे विचारहरु, प्रेमिल प्रश्नहरु
मेरो पागलपना—मेरो आस्था, जीवनको तीर्थ
मेरो पागलपना, तानाशाहहरुबाट जोगाउँछ मलाई
ढोंगी देवताहरुबाट बचाउँछ
र सज्जनहरुका् दयाबाट जोगाउँछ
मेरो पागलपनाले ढाकिदिन्छ
मबाट मेरै कमजोरी
आत्महत्या गर्नबाट जोगाउँछ मलाई
मेरो पागलपना—
My Madness
जाहिद दार (पाकिस्तान)
(स्रोत : Nepalikalasahitya)