युगल गीत : तिमी देउ या नदेउ

~गोपाल योन्जन~Gopal Yonjan

केटि –
तिमी देउ या नदेउ तिम्रो माया,
मैले मन तिमीलाई बांडी सकें

केटा –
मलाई देउ या नदेउ तिमी स्वीकृति,
मैले मनमा तिमीलाई राखी सकें

केटा –
हुन त यो नौलो चिनाजानी,
संकोच लाज बिचको कुराकानी
तर लाग्छ मलाई २ तिमि देख्दा,
मेरो बिगत जनमकी संगिनी
तिमी नौली बन या पराइ,
तिमीलाई हृदयले नै चिनी सकें
तिमी देउ या नदेउ….

केटि –
तिमि साथ रहंदा मलाई लाग्छ,
म जीवनको मधुमासमा छु
जब हेर्छौ तिमि मलाई लाग्छ,
म विश्वभरिकी सुन्दरी हुँ
तिमी ठान नठान मलाई आफ्नो,
मैले तिमीलाई अपनाई सकें

केटा – तिमी देउ या नदेउ….

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल र मिरा राणा

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.