~बसन्त चौधरी~
छाएछ वसन्त मेरो तन मन भरी त्यसै त्यसै
भुमरी झैँ बेर्छ मलाई तिम्रो प्रेमले
सुस्तरी सुस्तरी आज फेरी महकिन थालेछु म
गाउँदा गाउँदै नाची फेरी बहकिन थालेछु म
झुम झुम झुम्न थालेछु म तिम्रो प्रेमले
कस्तो वर्षा पानी छैन त्यसै भिज्न थालेछु म
न गरम छ कहीँ मौसम नरम पग्लिन पो थालेछु म
कल कल बग्न थालेछु म तिम्रो प्रेमले
शब्द : वसन्त चौधरी
सङ्गीत : न्ह्यु बज्राचार्य
स्वर : श्रेया घोसल