~जिडि माजिया~
अनु : केशव सिग्देल
टाढाबाट हेर्दा लाग्छ
सूर्यको दिप्तिमा त्यो माटोको पर्खाल मस्त निदाइरहेछ
मेरो चेतनाको गहिराइमा
बारम्बार दोहोरिने बिम्ब आखिर
नोसुको त्यही माटोको पर्खाल नै
किन हुन्छ भन्ने म सोचिरहेछु
म सधैँ अनावरण गर्ने प्रयत्न गरिरहन्छु
यो घटना पछाडिको रहस्य
किनकी म जब त्यो पर्खाल देख्छु
दुःखले मेरो ह्रृदय द्रवित हुन्छ
वास्तवमा, त्यहाँ अरु केही छैन सिवाय एउटा पर्खाल
Earthen Wall
जिडि माजिया (चीन)
(स्रोत : Nepalikalasahitya)