अचानो न हो जिन्दगी , बाँच्नु पर्छ सहेर नै
खुकुरीका चोटहरू , खप्नु पर्छ मरेर नै
भाउजुको फरिया टुप्पोमा , दाजु पोका पर्दैछ
भाइहरू ओखलमा , नाच्नु पर्छ थिचेर नै
लुकाएकै रहेछ नि , अपार सम्पत्तिहरू
मुक्ति पाए दाजु – भाउजु , भरपाई गरेर नै
चुलो – चौका देवालीमा , भित्र्याएको छैन अझै
छि … छि दूर … दूर गर्दैछ , बेजात रे भनेर नै
दाजुलाई डोकाले छोपी , भाउजुले फटाए नि
हामी आफ्नै संसारमा छौं , कयौं जङघार तरेर नै
के नै विराम भो र हाम्रो , अंश दाबी त गरेनौं
आज दुश्मनी बनायो , तीखा आँखा गढेर नै ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )