~माधव घिमिरे~
आजै र राती के देखें सपना, मै मरी गएको २
बतास बिना हाँगाको फूल, झैँ झरी गएको २
मर्स्यांग्दी नदि नरमाइलो सुसाइरहेको २
कहाँ हो कहाँ बादल भित्र, म रोइरहेको
वारी र पारी घाम र छायाँ, माझैमा प्यार २
संसारमा जन्म दिएर ईश्वर, बैंशमा नमार
शब्द: माधव घिमिरे
संगीत: नातिकाजी
स्वर: नारायण गोपाल