~विजय योजीत~
भनेकै हुँ माया अटल हुन्छ हुन्न
रसाएर आँखा तरल हुन्छ हुन्न !
नकारेर झुप्रो गयौ आज छोडी
छ यो हेर्नु भोली महल हुन्छ हुन्न !
चलाएर ढुंगा तिमी मात्र दुख्यौ
अझै हेर्न खोज्छौ दखल हुन्छ हुन्न !
यहाँ सम्म मैले सपार्दैछु नाता
तिमीमै छ बाधा सफल हुन्छ हुन्न !
गयो पाठशाला संधैको छ चर्चा
बहरमा नलेखे गजल हुन्छ हुन्न ?
बहर : मुतकारिब
रुक्न : फऊलुन् × चार
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)