~खुमानन्द गौतम~
बदनाम भएँ म तिम्रै कारणले
बरबाद भएँ म तिम्रै कारणले
तिमी म नयाँ नमान धोकेवाज
पागल हुँदैछु म तिम्रै कारणले
यौवनको आवेगमा आएर आवेशमा
बेहोस बेहोस भै अँगाल्यौ तिमीले
होमिएँ बत्ति म पुतली बनेर
रमाई रमाईकन जलायौ तिमीले
जब मायामा अप्ठ्यारो आयो
जब समाजले औँला उठायो
आफूलाई निर्दोस देखायौ धोकेवाज
दोष जति सबै मलाई लगायौ तिमीले
तिम्रो बेइमानी समाजको तिरस्कार
म हिँड्न सकिन ठाडो शिर पारेर
जाऊँ म कहाँ, बाँचूँ म कसोरी
रोऊँ म कति यी आँशु झारेर
स्वार्थ रहेछ तिम्रो मायामा
कपट रहेछ तिम्रो त्यो मनमा
मेरो पिडामा रमायौ धोकेवाज
पल पल मलाई त रूवायौ तिमीले
शब्द: खुमानन्द गौतम
संगित: पर्शुराम/रामबाबु थपलिया
स्वर: अञ्जना गुरुङ/स्वरूपराज आचार्य