~राकेश कार्की~
हरियो वन नेपालको धन बनमारा झार भयो
उफ् कस्तो बैराग लाग्यो चुनावमा हार भयो
माईली, रिठ्ठे, मिसेरिया संसद भवन पुगे
पैताला फुटाई हिड्नेलाई पो सररर कार भयो
भत्ता, कमिशन, ऐड बटुल्दै राजमणसिम्म
थुईक्क ! आफू मात्र छुँटे त्यत्रो फौज पार भयो
त्यो पद त्यो कुर्सी कति ऐस आराम थियो
कता बिसाउँ मोटो जीउ आफैलाई भार भयो
भन्थे गाउँमा सफाया गर्छन् शहरमै बस्नु
हारेपछि आफ्नै पाईला खुकुरीको धार भयो
दुई दुई जोडेर पाँच अब शक्ति हुनेले पार्लान्
हरुवाले जोड्दा त ट्याकरया्क्क चार भयो
-लस एन्जेलस
June 17th, 2008
(स्रोत : Nepal.hk)