~मोहम्मद नुरुल हुदा~
अनु : केशव सिग्देल
मेरा चलमलाइरहेका औंलाहरु तिम्रो शरिरमा ठोकिन्छन्
चाहे जहाँ राखौं म तिनिहरुलाई।
घना जङ्गल होस् वा निस्सासिने समुन्द्र
म हरेकपल देख्छु तिमिलाई।
तिम्रा आखाँहरु राता—वा—हरिया बत्ती झैं झिम्किन्छन्
प्रत्येक चौबाटाहरुमा
वा समय ढल्किँदै गएको यो समयका मोडहरुमा।
तैपनि प्रत्येक ह्रदयमा केही घृणा छ
हत्केलामा राखिएका फूलहरु छिटै ओइलाउँछन्।
भाग्य समय झैं बदलिइरहन्छ
र मेरो विस्ताराको सिरानीबाट
क्पासका हलुका भुवाहरु उडिरहन्छन्।
त्यो निलो समुन्द्र किनारबाट टाढिएपछि
वायुको विपरित हिँडेर
आकाशको उज्यालो क्यानभासमा
कसैले औंलाहरुले लेख्छ
‘सुतनुका, भब्य विदाई तिमीलाई पनि।’
A Big Farewell
मोहम्मद नुरुल हुदा (बङ्गलादेश)
(स्रोत : Nepalikalasahitya)