केही क्षण सहि हाँस्दै जिउन चाहन्छु
अझै एक प्याला साथी पिउन चाहन्छु
मात हट्यो भने उस्को घृणामा जल्दछु
आए जति मन भित्र मुखले बोल्दछु
जथाभावी बोल्ने मुख सिउन चाहन्छु
अझै एक प्याला साथी पिउन चाहन्छु
मात काफी छैन भुल्न कहानी बेग्लै छ
तिमी उठेपछि साथी हुनु त एक्लै छ
उस्को याद जति सक्दो न्युन चाहन्छु
अझै एक प्याला साथी पिउन चाहन्छु
केही क्षण सहि हाँस्दै जिउन चाहन्छु
अझै एक प्याला साथी पिउन चाहन्छु
20-03-2010
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )