~सुशिल “एकीकृत”~
निकम्बा यी ठूला दललाई सबक सिकाउनुछ
भारतीय कवाडीका हातमा बिकाउनुछ
फोहोर घरमा रह्यो भने धेरै गनाउँछ
यथासिघ्र लैजानलाइै भैया झकाउनु छ
भारतीय कवाडीका हातमा बिकाउनुछ
अनेक थरी जाति र भाषी हामी हौं नेपाली
संघीय सिस्टम खारेज गरी नेपाल टिकाउनु छ
निकम्बा यी ठूला दललाई सबक सिकाउनुछ
भारतीय कवाडीका हातमा बिकाउनुछ
यथासिघ्र लैजानलाई भैया झकाउनुछ
संघीय सिस्टम खारेज गरी नेपाल टिकाउनु छ ।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १६ – २०६७ फागुन २५ गते, बुधबार)