~धिरेन थापा “अनुपम”~
हर रचना दमदार हुनुपर्छ
शब्द शब्दमा निखार हुनुपर्छ
गीत, गजल, कविता कोर्नुस मित्र
साहित्य उपचार हुनुपर्छ
मेची कालीको खबर सम्प्रेषण गर्न
अब गजल समाचार हुनुपर्छ
नयाँ नेपाल तबमात्र बन्छ नेताजी
सर्वहाराका झुपड दरबार हुनुपर्छ
हिमाल, पहाड, तराई कोही छैन पराई
यही सबको विचार हुनुपर्छ।
गुटु–४, सुर्खेत
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २० – २०६६ चैत्र १८ गते )